मेगा बैंककाे १२औं वार्षिक साधारणसभा ७ पुसमा हुने

33

काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडकाे ७ पुसमा १२औं वार्षिक साधारणसभा गर्ने भएकाे छ। १४ मंसिरमा बसेकाे बैंक सञ्चालक समितिको ३७७औं बैठकको निर्णयअनुसार बिहान १० बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सभा गर्न लागिएकाे हाे।

सभामा आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन पारित गारिने छ। मेगा बैंकद्वारा प्रकाशित सूचनाअनुसार १ साउन ०७८ देखि  ३२ असार ०७९ सम्मको नाफा नोक्सान विवरण, अन्य विस्तृत आम्दानी विवरण, नगद प्रवाह विवरण, इक्विटी परिवर्तन विवरण, लेखा नीतिसम्बन्धी टिप्पणी विवरणमाथि छलफल गरी पारित गरिने छ।

नगद लाभांशका लागि केन्द्रीय बैंकले एक करोड दुई लाख ४३ हजार २८० रुपैयाँ ३६ पैसा मेगा बैंकलाई स्वीकृत गरी यस वर्ष बैंकले हाल कायम चुक्तापूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजारको ४ प्रतिशतले हुने बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा गाँभिने (मर्जर) प्रकृयामा छन्। साधारणसभा प्रयोजनका लागि बैंकले २३ मंसिर एक दिन बुक क्लोज गरेको र सोको आधारमा २२ मंसिरसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here