बालुवाटारमा सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल

98

काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ ।

छलफलमा गतिरोध अन्त्य गर्न दलहरुसँगको संवादलाई तीव्रता दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बुधबार (आज) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका नेताहरुको बैठक बसेको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल गरेको जानकारी दिँदै प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here