विङ्गर रहिम स्टार्लिङ इंग्ल्याण्डको टोली छोडेर घर फर्किए

45

काठमाडौं ।   पहिले आर्सनल डिफेन्डर बेन वाइट, त्यसपछि अहिले चेल्सीका विङ्गर रहिम स्टार्लिङ इंग्ल्याण्डको टोली छोडेर घर फर्किएका छन्।

बेन वाइटले व्यक्तिगत कारण कतारको अलवक्रास्थित अभ्यास सत्र छोडेर पहिले नै इंग्ल्याण्ड फर्किसकेका छन्।  सेनेगलविरूद्ध विश्वकपको अन्तिम १६ को खेल सुरु हुनुअघि स्टार्लिङले पनि व्यक्तिगत कारण देखाउदै इंग्लिस टोली छोडेका हुन्।

आइतबार राती सेनेगलसँग इंग्ल्याण्डको खेल भइरहँदा उनी लण्डनतर्फ लागेको बेलायती अखबारहरूले जनाएका छन्।  २७ वर्षीय स्टार्लिङ इंग्लिस टोलीका प्रभावशाली खेलाडी थिए। उनले इरान र अमेरिकाविरूद्ध १ सय २७ मिनेट खेलेका थिए। इरानविरूद्ध गोल गरेका स्टार्लिङलाई वेल्सविरूद्ध प्रयोग गरिएको थिएन।   प्रशिक्षक गारेथ साउथगेटले पारिवारिक समस्याका कारण स्टार्लिङले नाम फिर्ता लिएको प्रस्टिकरण दिएका छन्। स्टार्लिङको तीन जना बच्चा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here