तीन चिनियाँ अन्तरिक्षयात्री आफ्नो अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन्।
यी अन्तरिक्ष यात्रीहरू टियाङगोङ अन्तरिक्ष स्टेशनको निर्माणको अन्तिम चरणको निरीक्षण गर्न जुन ५ मा प्रस्थान गरेका थिए।
आइतबार, शेन्झाउ-१४ अन्तरिक्ष यानको चालक दल चीनको मंगोलियाको स्वायत्त क्षेत्रमा अवतरण गरेको थियो।
चीनको अन्तरिक्ष एजेन्सीले यो मिसनलाई ‘पूर्ण रूपमा सफल’ भनेको छ।
अन्तरिक्ष यान अन्तरिक्ष स्टेशनबाट लिफ्ट अफ भएको करिब नौ घण्टा पछि अवतरण भएको थियो।
चीनको पहिलो महिला अन्तरिक्षयात्री याङले अन्तरिक्ष स्टेशनमा आफूसँग अविस्मरणीय सम्झनाहरू रहेको बताइन्।


















