सुकुन्दा बार्षिक पत्रिका बिमोचन तथा सम्मान कार्यक्रम हुने

566

काठमाडौं ।  नेवाः विद्यार्थी युनियनको विशेष सकृयतामा ४२ वर्ष अर्थात् ने.सं ११०१ स्थापना भइ बन्द भएको सुकुन्दा साहित्य पाला पुनर्गठन एक वर्ष पश्चात  सुकुन्दा बार्षिक पत्रिका बिमोचन गर्ने भएको छ।

रत्न राज्यलक्ष्मी  क्याम्पसको गाैरवमय इतिहास बाेकेकाे मुख पत्र सुकुन्दा साहित्य पाः लाः द्वारा सुकुन्दा बार्षिक पत्रिका बिमोचन तथा नेपालभाषा अध्ययन गर्ने विलक्षण प्रतिभाका धनी बिद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ।

नेपालभाषा अभियान्ताहरुको सक्रियतामा वि.सं. २०७४ सालमा बि.ए. तहमा नेपालभाषा कक्षा पुनः रूपमा स्थापना पश्चात पुनः वि.सं. २०७८ साल कार्तिक २६ गतेदेखि नेपालभाषा क्षेत्रमा नयाँ इट्टा थप्ने एैतिहासिक भएको हाे ।

रत्न राज्यलक्ष्मी क्याम्पसको सभा हलमा आगामी मंसिर २८ गते बुधबार विहान सात बजे हुने  कार्यक्रममा सहभागिता जनाएर  शोभा बढाउनका लागि सम्पूर्ण मातृभाषानुरागाी, साहित्यकारहरुलाई उपस्थित जनाउन आयोजकले अनुरोध गरेका छन् ।

नेपाल भाषा अभियान्ताहरुले २०७४ सालदेखि आजको दिन सम्मम आउँदा बिद्यार्थीहरुको व्यक्तित्व बिकास, शाररिक, मानसिकका लागि अन्तरक्रिया, हाइकिङ, वनभोज, सांकृतिक अवलोकन भ्रमन, शैक्षिक भ्रमण जस्ता विविध गतिविधिहरु गर्दै आइरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here