नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुग्याे

52

काठमाडाैं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुगेको छ। मंलबार सेयर बजार ५ अंकले ओरालो लागेको थियो भने ९६ करोडको कारोबार भएको थियो । बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४४ अङ्कले घटेर ३७३.६४ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०४ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा सानीमा शीर्ष स्थानमा छ। यसको आज ६७ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ।

त्यस्तै दोस्रोमा सिभम् सिमेन्ट र तेस्रोमा नविल बैंकको कारोबार भएको छ। बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये जम्मा एक उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। कारोबारमा खप्तड लघुवित्त वित्तिय संस्था ६.०९ प्रतिशत र कुमारी धानवृद्धि योजना ५.१५ प्रतिशतले बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here