झुन्डिएको अवस्थामा सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला

160

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बलदेवराज महत आफ्नै घरमा मृत फेला परेका छन्। महत शनिबार बिहान काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार स्थित घरमा मृत फेला परेका हुन् । उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले  जानकारी दिए। झुन्डिएको अवस्थामा फेला परेका उनलाई त्यसलगत्तै ह्याम्स अस्पताल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । त्यसपछि महतको शव पोस्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। पोस्टमार्टमपछि उनको शव परिवारले बुझेर दाहसंस्कारका लागि आर्यघाट लगिएको बोहोराले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here