नेपथ्यको लोकरक साँझ

58

चितवन  । बत्तीको चकमन्न रङ्गीबिरङ्गी धर्काहरूले आकाश र भुइँ सबैतिर तिरिमिरी उज्यालो देखाइरहेका बेला मञ्चमा चढ्नुभएका गायक अमृत गुरुङले गाउन सुरु गर्नुभयो । पहिलो पटक चितवनको क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो, जहाँ नेपथ्यको चौथो प्रस्तुति थियो ।

करिब डेढ दशक पुरानो गीतबाट सुरु गरेको ब्यान्डले दोस्रो गीत भने झन्डै तीन दशक पुरानो सुनाएको थियो । गीत थियो ‘छेक्यो छेक्यो देउराली डाँडा…’ ।

नेपथ्यको सर्वकालिक हिट यो गीत ब्यान्डको दोस्रो एल्बम ‘हिमाल चुचुरे…’मा अटाएको थियो । यसपछि नेपथ्यको पुरानै गीतहरू ‘चरी म¥यो…’ र

‘जोमसोमे बजारमा…’ले निरन्तरता पाएको थियो ।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालिक हिट गीत ‘रेशम…’ र ‘तालको पानी…’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्य…’ बाट बिट मारिएको थियो । मञ्चमा गायक अमृतलाई ड्रम सेटमा धु्रव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । गाेरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here