काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ।
यस्तै तेजाबी सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउ भने स्थिर छ। आज पनि चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको छ।
















