कामपाका पूर्व प्रधानपञ्च कमल चित्रकारको निधन

72
काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको संस्थापक महामन्त्री एवं काठमाडौंका पूर्व प्रधानपञ्च कमल चित्रकारको निधन भएको छ । उनको  ८२ बर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो ।

कांग्रेसका पुराना नेता चित्रकार बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेला सो दलको युवा संगठन नेपाल तरुण दलको महामन्त्री रहेका थिए । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघबाट समेत राजनीति गरेका चित्रकार पञ्चायतकालमा काठमाडौं नगरपालिकाको प्रधानपञ्च समेत बनेका थिए ।

पञ्चायतकालमा ४ पटक जेल समेत परेका उनी २०३८ सालमा तत्कालीन सुधारिएको पञ्चायतले गरेको पहिलो स्थानीय चुनावमा काठमाडौं नगरको प्रधानपञ्चमा निर्वाचित भएका  थिए । उनको नेतृत्वमा रत्नपार्क र भोटाहिटी जोड्ने अन्डरपास बनेको थियो ।

चित्रकारको निधनमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण लगायतका नेता कार्यकर्ता पशुपतिस्थित आर्यघाट पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here