नेकपा माकेका महासचिव देवप्रसाद गुरुङले सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक हुने

75

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक हुने जनाएका छन् ।

शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बैठकबारे जानकारी दिँदै महासचिव गुरुङले संविधान निर्माणदेखि अहिलेसम्मको राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई लिएर हेर्दा सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक हुने जनाए ।

‘संविधान निर्माणदेखि अहिलेसम्मको कुरा हेर्दा सरकारको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक हुन्छ, त्यो दाबी रहन्छ नै,’ उनले भने, ‘तर अहिले एक्लै सरकार बन्ने अवस्था छैन, त्रिशंकु संसद् छ । यस्तोमा दलहरूको सहमति कहाँनेर हुन्छ, त्यसमा भर पर्छ, अहिले हामी गठबन्धनमा त्यही विषयमा छलफलमा जुट्दैछौं ।’

उनले अहिले पार्टीभित्र सरकार गठनको विषय छलफलमा प्रवेश नै नभएको दाबी गरे । ‘यो विषय उठेको छ । तर, उल्लेखनीयरुपमा विषय प्रवेश भएको छैन ।   हामी अहिले गठबन्धनमा छौं । अहिले गठबन्धनका घटकहरूकै बीचमा छलफल गर्ने अवस्थामा छौं,’ उनले भने, ‘गठबन्धनमा निर्वाचनमा भएका कमीकमजोरी र सबल पक्षहरूकोबारे छलफल गर्ने र कसरी अघि बढ्ने भनेर छलफल गर्ने भन्ने तयारी छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here