कोशी प्रदेशको नाम सरकारले चाहेर पनि परिवर्तन हुन नसक्ने निष्कर्ष

82
काठमाडाैं । नेकपा एमालेका कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशको नाम सरकारले चाहेर पनि परिवर्तन हुन नसक्ने निष्कर्ष निकालेको छ।

प्रदेशसभा बैठकअघि बसेको संसदीय दलको बैठकले प्रदेश नामाकरणको अन्य विकल्प नरहेको निष्कर्ष निकालेको हो।

‘प्रदेश सभाले नाम राखेको हो। सरकारले चाहेर यो परिवर्तन हुँदैन । त्यसैले यसको विकल्प छैन भन्नेमा दलको बैठक एक देखिएको छ,’ बैठकपछि पत्रकारहरूसँग बोल्दै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने।

विराटनगरको देवकोटा चोकमा रहेको प्रदेश सभा भित्र एमाले बैठक चलिरहदा बाहिर पहिचानवादीको प्रदर्शन सुरु भएको थियो।

प्रमुख सचेतक  भण्डारीले आन्दोलन गर्न पाइने तर हिंसात्मक हुन नपाइने बताए।

प्रदेश सभाको बजेट अधिवेशन आज देखि सुरू हुने भएपछि  विराटनगरमा आज बिहानैदेखि प्रहरीले धरपकड गरेको गरिरहेको छ।

आन्दोलन चर्किन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विराटनगर आसपासमा निषेधाज्ञा जारी गरिएको छ। तर, निषेधाज्ञा नै अवज्ञा गरेर युवाहरू प्रदर्शनमा उत्रिन थालेपछि प्रहरीले धमाधम पक्राउ गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here