काठमाडौ । आमनिर्वाचनको औपचारिक रूपमा अन्तिम नतिजा आउन बाँकी भए पनि दलहरूले आगामी सरकार निर्माणको कसरत सुरु गरिसकेको विवरणहरू आइरहेका छन्।
पछिल्ला दिनमा बढेका राजनीतिक भेटघाट तथा बैठकले पनि दलहरू सरकार गठनका लागि प्रारम्भिक छलफलमा रहेको बुझिन्छ। धेरैका बुझाइमा अहिलेको सत्ताधारी गठबन्धनले नै आगामी सरकार पनि बनाउने जस्तो देखिन्छ।
यद्यपि सबैभन्दा ठूलो दल बन्ने देखिएको नेपाली कांग्रेसभित्रै प्रधानमन्त्री तथा अन्य पदका लागि आकाङ्क्षी धेरै हुनुले सरकार गठन ‘सकसपूर्ण’ हुनसक्ने कतिपयको अनुमान छ। त्यस्तै अन्य दलले पनि महत्त्वपूर्ण भूमिका खोज्ने भएकाले गठबन्धनभित्र सत्ताको ‘भागबन्डा’ मिलाउने कार्य पेचिलो बन्ने देखिएको छ।
नयाँ सरकारबारे चर्चा भइरहेका बेला विभिन्न क्षेत्रका विज्ञहरूले चाहिँ आगामी सरकारले प्रारम्भमै सामना गर्नुपर्ने केही चुनौतीबारे बीबीसीसँगको कुराकानीमा चर्चा गरेका छन्।उनीहरूले देखेका आगामी सरकारले सुरुमै सामना गर्नुपर्ने मुख्य पाँच चुनौतीस्
१। राजनीतिक अस्थिरता
अब बन्ने सरकारले सुरुमै सामना गर्ने मुख्य चुनौती भनेको राजनीतिक अस्थिरताको डर र जुनसुकै बेला सरकार ढल्न सक्छ भन्ने अवस्था रहेको राजनीतिशास्त्रीहरू बताउँछन्।

















