ललितपुर उद्योग वाणिज्य संघकाे चुनावी मैदानमा मनोज न्याछ्यों

468

ललितपुर –  यतिबेला ललितपुर उद्योग वाणिज्य संघ चुनावी चटारोमा छ । यही १८ गते हुन गइरहेको निर्वाचन मार्फत नयाँ कार्यसमितिले संघको नेतृत्व लिने भएकाेछ । चुनावी मैदानका उम्मेदवारहरु अलग–अलग २ प्यानल बनाई चुनावी मैदानमा होमिएका छन् । चुनावी प्रचारप्र्रसार शुरु भइसकेको छ ।

यसपटकको निर्वाचनमा हालका वरिष्ठ उपाध्यक्ष भरत जोसी र महासचिव मनोज बहादुर न्याछ्यों अध्यक्ष पदको लागि चुनावी भिडन्तमा छन् । भरतको तुलनामा मनोजको जनमत बलियो रहेको जानकारहरु  जनाउँछन् ।  यसपटकको निर्वाचनमा अध्यक्ष पदका बलिया उम्मेदवार मनोज न्याछ्योंको टीम ‘इमान्दारिता, पारदर्शिता, दुरदर्शिता ः उद्योगी व्यवसायीहरुको हकहित हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित चुनावी मैदानमा क्रियाशिल छ ।

आफ्नो टीमबाट आफ्नै कार्यकालमा पूरा हुन सक्ने र सबै व्यवसायीहरुलाई एकतावद्ध गर्दै लैजान सकिने एजेण्डाहरु मात्रै आफूले उठान गरेको र ती आफ्ना सबै एजेण्डाहरु पूरा गरेरै छोड्ने मनोज बताउँछन् ।

ललितपुर उद्योग वाणिज्य संघमा करिब २ दशक देखि विभिन्न भूमिका निर्वाह गर्दै हाल अध्यक्ष पदको लागि उम्मेदवारी दिएका मनोजले ललितपुर क्षेत्रको व्यावसायिक वातावरणलाई नजिकबाट बुझेका छन् ।

ललितपुर क्षेत्रका सबैजसो व्यवसायीहरुसँग घुलमिल भई निकटतम सम्बन्ध स्थापना गरेका मनोज एक सफल व्यवसायी पनि हुन् । उनी व्यावसायिक नेतृत्व क्षमता खाद्यान्न व्यवसाय, सहकारी, व्यापार तथा वितरण क्षेत्र लगायत थुपै्र व्यावसायिक क्षेत्रमार्फत प्रस्तुत गरिरहेका छन् ।

व्यावसायिक संस्थाको नेतृत्वमा इमान्दारिता, पारदर्शिता र दूरदर्शितालाई मुख्य मन्त्र बनाउँदै आफ्ना गतिविधिहरु सञ्चालन गर्न सक्ने व्यक्तिले मात्रै सबै सदस्यहरुको न्याय गर्न सक्ने बताउने मनोज आफूले आफ्नो टीममा सम्बन्धित क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरुलाई साथमा लिएर आफू अघी बढिरहेको बताउँछन् ।

आफू नेतृत्वको प्यानल प्रति मतदाताहरुको असीम विश्वास रहेको बताउँदै उनी आफूहरुको कार्यकुशलता एवं सेवाप्रवाहबाट प्रभावित मतदाताहरुको अपार सद्भावबाट आफूले निर्वाचनमा विजय प्राप्त गर्न सफल हुनेमा ढुक्क छन् मनोज न्याछ्यों ।

व्यवसायी मनोजले करिब २ दशकको आफ्नो व्यावसायिक यात्राको दौडानमा २ कार्यकाल संघमा कार्यसमिति सदस्य, १ कार्यकाल कोषाध्यक्ष र १ कार्यकाल महासचिवको भूमिका निर्वाह गरिसकेका छन् ।

मनोज नेतृत्वको यस टीमबाट उम्मेदवारी दिनेहरुमा वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, उद्योग तर्फको उपाध्यक्षमा सुसन महर्जन, वाणिज्य तर्फको उपाध्यक्षमा नारायण गोपाल श्रेष्ठ, संस्थागत उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, महासचिवमा रुपकमान महर्जन र कोषाध्यक्षमा सविनलाल प्रधान छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा मिलन शाक्य, रमेश सिं महर्जन, राकेशभक्त मुल्मी, रोशनलाल श्रेष्ठ, श्रीजेशलाल शिल्पकार, सुरेन्द्र अवाले, कृष्ण प्रसाद सापकोटा, महेश श्रेष्ठ, मुकुन्द महर्जन, राजेशराज बज्राचार्य, शर्मिला श्रेष्ठ (जोशी), सुजन बज्राचार्य र सुरज महर्जनले चुनावी मैदानमा प्रतिष्पर्धा गर्दैछन् ।

अध्यक्षका उम्मेदवार मनोज आफूले ललितपुरका सबै व्यवसायीहरुलाई संघमा समेट्दै व्यावसायिक हकहितको लागि साझा संस्थाको रुपमा अभिभावकीय भूमिका निर्वाह गर्ने उनी जनाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here