fकाठमाडौं – नेपालमा कोरोना भाइरसका आज ५ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी २४ घण्टामा ४४७ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । आज कोरोनाबाट ९ को मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८५६ रहेको छ । साथै काठमाडौं उपत्यकामा २४७ जना कोरोना संक्रमित थपिएका छन् ।
२४ घण्टामा संक्रमित हुनेमा १०३ महिला र १४४ जना पुरुष रहेका छन् । काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना कोरोना संक्रमित देखिएका छन् ।

















