बिरामीकाे संख्या बढ्दै

16
Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style

बागमती  । पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुरलगायतका जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएको छ ।

चिसो र शीतलहरका कारण रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका हुन् । हेटौँडास्थित हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला जस्वास्थ्य कार्यालयले जनाएको छ ।

दुधे बालकदेखि ६० वर्षमाथिका  वृद्धवृद्धाहरू रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता बिरामीको चाप बढेको हेटौँडा अस्पतालका निमित्त निर्देशक डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी दैनिक ५० देखि ६० जनासम्म अस्पताल आउने गरेको उहाँले बताउनुभयो ।

जिल्लाको मनहरि अस्पताल, भीमफेदी स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताललगायत ग्रामीण अस्पतालमा रुघाखोकी, ज्वरो, निमोनियालगायत बिरामीको चाप बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले जानकारी गराउनु भयाे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here