विश्वकप फुटबलमा ‘गोल्डेन बुट’का दाबेदार यी हुन्

30

काठमाडौं । कतार विश्वकपको फाइनल समीकरण पूरा भईसकेको छ । कतार विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकपको उपाधि भिडन्त पक्का हुँदा सर्वाधिक गोलकर्ताले पाउने ‘गोल्डेन बुट’ अवार्डका लागि भने तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेसम्म ‘गोल्डेन बुट’ का दाबेदारमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे रहेका छन्।

दुबैले समान पाँच गोल गरिसकेका छन् ।

यस्तै अर्जेन्टिनाका जुलियन अल्भारेज र फ्रान्सका ओलिभर जेरुड पनि दाबेदारको सूचीमा छन् । अल्भारेज र जेरुडले समान चार गोल गरेका छन् ।

कतार विश्वकपमा ‘गोल्डेन बुट’ का दाबेदार :

१ केलियन एमबाप्पे  : ५ गोल

२ लियोनल मेस्सी  : ५ गोल

३ ओलिभर जेरुड : ४ गोल

४ जुलियन अल्भारेज  : ४ गोल

५  कोडी गाक्पो, मार्कुस राषफोर्ड, अल्भारो मोराटा, इनर भ्यालेन्सिया, बुकायो साक, रिचार्लिसन, गोन्कालो रामोस :  ३ गोल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here