प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोगको निराकरण संसद्‌बाटै हुन्छ : कानुनमन्त्री बडू

64

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावले संसद्‌बाटै निराकरण हुने बताएका छन्। त्यो संविधानसम्मत बाटो भएको उनको भनाइ छ।

‘संविधानमै व्यवस्था भएको बाटोबाट संविधानसम्मत निकासको प्रयत्न सुरु भएको छ। अगाडि नै दर्ता भएको थियो, अब छलफलका लागि प्रस्तुत भएको छ। आज प्रस्तावहरुमध्ये एकजना देव गुरुङले प्रस्ताव राख्नुभएको छ। विवरणहरु राख्नुभएको छ। यी सबै विषयमा केन्द्रित भएर विधिसम्मत र संविधानसम्मत ढंगले र प्रतिनिधि सभाको नियमावलीले देखाएको प्रक्रियासम्मत ढंगले अब छलफलको प्रक्रिया प्रारम्भ हुन्छ। र, आफ्नो निष्कर्ष लिन्छ’, आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै उनले भने।

उनले महाभियोगको सन्दर्भमा एमालेको सहयोग हेर्ने दिन आउँदै गरेको उनले बताए। ‘हामीलाई लाग्छ, यो अत्यन्तै महत्त्वपूर्ण विषय हो। मुलुकको स्वतन्त्र न्यायपालिकालाई सुदृढ गर्ने, शुद्धीकरण गर्ने र मर्यादित बनाउने विषयमा सबैको सहभागिता हुन्छ भन्ने मलाई लाग्छ। सबैले छलफलमा भाग लिन्छन्। सबैले निर्णय प्रक्रियामा भाग लिन्छन्’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here