श्रीलङ्काको पुनर्वास केन्द्रबाट ४० कैदी फरार

36

कोलम्बो। श्रीलङ्काको उत्तर मध्य प्रान्तको काणाकादु उपचार तथा पुनर्वास केन्द्रबाट बुधबार राति करिब ४० जना कैदीहरू भागेको पुनर्वास आयुक्त जनरल दर्शना हेट्टियाराचीले बिहीबार जनाएका छन् ।

कैदीहरू दुव्र्यसनीहरूको दुई समूहबीचको झडपपछि भागेको हेट्टियाराचीले सञ्चारमाध्यमलाई जनाए ।

प्रहरीले झडपलाई नियन्त्रणमा लिएको तथा भाग्नेहरूलाई पक्राउ गर्नका लागि खोजी अभियान सुरु गरेको उनले जनाए । यस्तै जनवरी १२ मा ६० जनाभन्दा बढी कैँदीहरू केन्द्रबाट भागेका थिए ।

न्याय, कारागार मामिला तथा संवैधानिक सुधार मन्त्री विजयदास राजापाक्षेले काणाकादुको व्यवस्थापन परिवर्तन गर्न आवाश्यक कदम चाल्ने जनाए ।

डिसेम्बर २०२३ मा पनि दुई समूहबीचको झडपको क्रममा १३० भन्दा बढी कैदीहरू जेलबाट भागेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here