नेपालमा अहिले सुकुम्बासी समस्या सबै भन्दा ठूलो समस्याको रुपमा खडा भइरहेको छ । सर्वसाधारण जनताले बहालमा बसेर कर तिरेर जीवन गुजारा गरेको छ भने तर राजनीतिक दलबाट सुरक्षित नक्कली सुकुम्बासी बनेर सावर्जनिक स्थल कब्जा गरेर हुकुम्बासीहरुले के साँच्चिकै सुकुम्बासी हुन सक्ला र कदापी हुन सकिदैन । तसर्थ स्थानीय सरकार तथा नेपाल सरकारले असली सुकुम्बासी पीडितलाई न्यायदिनु पर्छ । देशको मूल मर्म तथा कानून विपरित सार्वजनिक स्थल क्याप्चर गरेर आफ्नो हैकम चलाउनेप्रति बेलैमा सचेत बन्ने पर्छ । यसैलाई लिएर अनाधिकृत रुपमा बसोबास गरिरहेको काठमाडौंको थापाथलीमा अनाधिकृत सुकुम्बासी बस्ती हटाउन दबाबमुलुक अभियान सुरु हुने खबर प्राप्त भएकाे छ । कतै सुकुम्बासी हटाउने नाममा पीडित माथि अन्याय नहाेउन् यस विषयमा पनि सचेत बन्नु जरूरी देखिन्छ ।
नेपालको लोकतान्त्रिक विश्वास र परम्परा वि.सं. २००७ देखि शुरु भएता पनि वि.सं. २०४६ पश्चात पूर्ण रुपले नेपालीको आधारभूत आवश्यकता र मौलिक अधिकारहरुलाई पूर्णतः विश्वकै परिवशेमा उत्कृष्ट र परिपूर्ण रुपले स्थापित गरेको छ । नेपालको लोकतान्त्रिक परम्पराको उत्थान, विकास र प्रबर्धन नेपाली जनता सामु राखेको छु । वर्तमान परिवेशमा को हुन् नेपाली ? भन्ने कुरा बुझ्नु र खोज्नै स्विकार गर्दैमा नेपाली हुन्छ भनेर भन्न हामी जस्तो राजनीतिक, कानूनी र सांस्कृतिक पक्षलाई अध्ययन गर्ने जस्तो लाग्छ ।
हाल वि.सं. २०७९ मा मेयर बालेन्द्र शाहको नेतृत्व बागमती-नेवाः सभ्यतालाई उत्थान गर्दै अगाडि बढ्ने क्रममा नेपालकीको ऐतिहासिक घटनाक्रम, सांस्कृतिक बन्धन र सिम्रौनगण्ढ सभ्यताको ऐतिहासिकतालाई नेवाः सभ्यतासँगै जोडेर हेर्दा भारतीय मूलका नेपाली भन्नेहरु र भारतीय भूमिबाट वि.सं. २०६५ मा नागरिकता आयोगबाट भएको भ्रष्टाचार बेथिती र अनियमिततालाई मध्यनजर गर्दा वास्तविक नेपाली वंशजका मानिसहरु नेपालमा सुकुम्बासी नरहेको कुरा प्रष्ट हुन्छ किनभने सुकुम्बासी भनेका को हुन् ? सुकुम्बासी भन्नेहरुलाई चल, अचल सम्पत्ति नरही आधारभूत आवश्यकतामाथि अलो बादल डगमगाइरहेको अवस्थालाई बुझ्न सकिन्छ । अतः मूल नेपालीहरु गास, बाँस, कपडा जस्ता सामान्य आवश्यकताबाट कुनै पनि रुपमा वञ्चित नरहेको कुरा उनीहरुको कथन, वचन, सोच र विचारबाट हेर्न सकिन्छ । यसर्थ, वास्तविक सुकुम्बासीहरुको परिदृश्यलाई मूल्यांकन गर्दा राजनैनिक दलहरु, भूःमाफियाहरु तथा छिमेकी देशका घुसपैठहरुले जरो गाडेको कुरा नेपालको समग्र राजनैतिक घटनाक्रम, कानुनी प्रक्रिया र आम सरोकारको विषयवस्तुमाथि टिका टिप्पणी गर्ने विश्लेषकहरुलाई नियाल्दा हेर्न सकिन्छ । सुकुम्बासी समस्या समाधान गर्न नेपालस्थिति रहेको भूमिआयोग, सकुम्बासी समस्या समाधान समिति लगायतको काम, कर्तव्य, अधिकार र समयमा पूरा नहुनुले यस्तो आयोग, समतिहरुको पदाधिकारीहरुको आचारसंहितामाथि प्रश्न चिन्ह उठाउन सकिने र राज्यको औपचारिक कार्यक्रमहरु अन्तर्गत राख्न नहुने कुरा उनीहरुको क्षमता, दक्षता, अनुभव तथा कार्यविधिबाट मूल्यांकन गरेर किटान गर्न सकिन्छ । एक जनता एक पद, एक मानिस एक परिवार, एक परिवार एक भूमि व्यवस्थापनको निचोड निकाली नेपालको यस्तो समस्यालाई दीर्घकालीन रुपमा समाधान गरी नेपालको उन्नति, प्रगति तथा वि.सं. २०४६ पश्चात् आएको लोकतान्त्रिक प्रक्रियालाई अझ मजबुत बनाउन र दिगो विकाससँगै नेपालको सार्वभौमिकता अखण्डता, स्वाभिमानलाइृ कायम राख्न नेपालीहरुको चिनो गौतम बुद्धको देश, हिमवत् खण्डको मुटु, एशियाको नाकको रुपमा रहेको प्राकतिक, सांस्कृतिक तथा जैविक विविधतालाई कायम राख्न हरेक प्रकारले सम्पूर्ण क्षेत्रबाट गर्न आवश्यक छ । नेपालीहरु माझ मुख्यतः महानगर क्षेत्रमा रहेका सुकुम्बासी भन्नेलाई नेपालको पश्चिमी पूर्वी वा दक्षिणी भागलाई आधार बनाई व्यवस्थापन गरी महानगरको परिभाषा, अर्थ तथा मौलिक सभ्यतालाई सुनिश्चित गर्न मेयर बालेन्द्रले पहल कदमीलाई अन्य महानगरको मेयर समेतले अनुगमन, अनुभव तथा कार्यविधिलाई नागरिक समाज, कानुनी प्रक्रिया तथा द्वन्द्व व्यवस्थापनका विज्ञहरु सँगै छलफल गरी नेपालको महानगरीय क्षेत्रलाई व्यवस्थित मधुर र सुन्दर राखी सरकारले प्रदान गर्ने सेवा सुविधा, मौलिक अधिकारहरुलाई घर घरसम्म पु¥याउन हरेक जनता,निकाय तथा संस्थाको जिम्मेवारी र नागरिक कर्तव्य हुन आउँछ । यसर्थ, नेपालीपनको अनुभव तथा राष्ट्रको गौरवलाई यथास्थिति बराबरी रुपले अगाडि सारी नेपालीको शासन प्रणाली, राजनैतिक पद्धति, संवैधानिक व्यवस्थालाई दीर्घकालीन रुपमा देशको कम खर्चमा सबै प्रकारको मुलभूत आवश्यकताहरुसँगै संरचनात्मक, कार्यगत शैलीलाई पारदर्शी, जनताको मुख र लोकतान्त्रिक व्यवस्थालाई लोकप्रिय बनाउन सम्पूर्ण राजनैतिक हल, निकाय, आयोग, संस्था तथा सरकार हरेक प्रकारले अगाडि बढ्नुपर्छ । तसर्थ समयमै हुकुमबासी वा सुकुम्बासी मध्ये कसलाई न्यायदिने हो सरकारले बेलैमा ध्यानदिनुपर्छ राजनीतिक दलगत रुपमा सुरक्षित भएका कार्यकता सच्चा सुकुम्बासी हुन सक्दैन !
प्रकाश कुमार साह (कट्टारी)

















