मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा सुनका गरगहना चोरी

60

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा सुनका गरगहना चोरी भएको छ।

यहाँ डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ का ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट रु नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको हो। महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको पाइएको छ।

घटनाबारे प्रहरीले बिहीबारदेखि अनुसन्धान अगाडि बढाएर चोरीमा संलग्नको खोजी सुरु गरेको प्रहरी वृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here