सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले काठमाडौं क्यान्सर सेन्टमा उपचारमा छुट

90

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकले काठमाडौं क्यान्सर सेन्टमा उपचारमा विशेष छुट पाउने भएका छन् । बैंक र क्यान्सर सेन्टर चाँगुनारायणबीच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकले क्यान्सर सेन्टरमा विभिन्न सेवाहरुमा थ्री सीआरटी सेवा आईएमआरटी सेवा, भीएमएटी सेवालगायत अन्य सेवाहरुमा छुट पाउने छन् ।

यस्तो सुविधा कर्मचारीले समेत पाउने बैँकले जनाएको छ । सम्झौतापत्रमा काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष अन्जनीकुमार झा र बैंकको तर्फबाट वागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्टले हस्ताक्षर गरेका छन् । बैँक र क्यान्सर सेन्टरबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here