आगामी सरकार गठनबारे माओवादी बैठक जारी 

100

 

काठमाडौं ।  निर्वाचनको समीक्षा र आगामी सरकार गठनबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरू भएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा सुरू भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निर्माणका लागि अहिलेसम्म भएका प्रयासहरूबारे ब्रिफिङ गर्नेछन्। निर्वाचनको परिणाम पूर्ण रूपमा आइसकेको अवस्थामा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो। चुनावपछि प्रचण्ड प्रधानमन्त्री हुन चाहेका छन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तर छलफल गरिरहेका छन्।

देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको कार्यकाल बाँड्ने विषयमा एकमत भए पनि पहिलो कार्यकालका लागि को भन्ने विवाद छ। अर्कोतिर प्रचण्डले नेकपा एमालेसँगको छलफलका लागि समेत आफूनिकट नेताहरू खटाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here