काठमाडौं। आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ तोकिएको छ ।
तेजाबी सुनको मूल्य शुक्रबार ९९ हजार ४ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


















