आज दिउँसो १ बजे नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलायाे

71

काठमाडाैं ।  नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो। संसदीय दलको नेता चयन, समसामयिक राजनीति, भावी रणनीति र नयाँ सरकारबारे छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए।

एकीकृत समाजवादीले प्रतिनिधि सभामा १० सिट जितेको छ। संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुने सम्भावना छ।

साथै आइतबार एकीकृत समाजवादीले सचिवालय बैठक गरेको थियो। विचार मिल्ने दलहरूसँग एकतावद्ध भएर जाने विषयमा उक्त बैठकमा छलफल भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here