एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको भेला बोलायाे

67

काठमाडाैं । नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको भेला बोलाएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सांसदलाई मंगलबार उपस्थित हुन अनुराेध गरेका छन् ।

संसदीय भूमिकाबारे एमालेले सांसदहरूलाई प्रशिक्षित गराउन भेला राखेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जनाए । पार्टीले सङ्घीय संसद् तथा प्रदेशसभामा खेल्नुपर्ने भूमिका बारेमा नवनिर्वाचित सांसदलाई जानकारी गराइने उनले जनाए ।

भेलामा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्यको सहभागी हुने उनले जानकारी दिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले भेलालाई सम्बोधन गर्नेछन्। एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिक ३४ गरी कूल ७८ सिट जितेको छ। प्रदेशमा प्रत्यक्ष ९१ र समानुपातिक ७० सिटमा जितेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here