क्याबिनेटमा ओलीले अन्तरिम आदेश जारी

81

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबारको मन्त्रिपरिषद्को बैठकमा लामो समय बोल्नमा खर्चिए । एक घन्टा मन्त्रीहरुलाई ब्रिफिङ गरेका उनले पछिल्लो राजनीतिक घटनाक्रम देखि सर्वोच्च अदालतका आदेशहरुबारे समेत बोलेका थिए । क्याबिनेटमा ओलीले एकपछि अर्को अन्तरिम आदेशहरु जारी भएकोमा गुनासाहरु गरेका थिए । उनले घुमाउरो तरिकाले यसले टकराव बढाउने अवस्था सृजना हुन लागेकाले तयार हुन समेत भनेका थिए ।

ओलीले घुमाउरो तरिकाले प्रतिकूल परिस्थिति सृजना हुन लागेको विषय पनि राखे । उनको स्पष्ट संकेत अदालतप्रति थियो । ओलीले चालेका कदमहरु सबैमाथि अदालतले धक्का दिने गरी आदेश जारी गरिसकेको छ । एमालेको महाधिवेशन कमिटी अवैधानिक हुने गरी आदेश जारी भएको छ ।

नवौं महाधिवेशनले बनाएको कमिटिलेका गरेका निर्णयहरु मान्य हुने गरी आदेश जारी भएको छ । नागरिकतासम्बन्धी अध्यादेश पनि खारेज हुने गरी आदेश जारी भएको छ । यसरी एकपछि अर्को ओलीको कदममा अदालतले आदेश जारी गरी धक्का दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here