अमेरीकाबाट पठाएको तीन लाख भन्दा बढी सहयोग रकम नेवि संघद्वारा मुटु रोगीका परिवारलाई हस्तान्तरण

302

काठमाडौं /  नेपाल विद्यार्थी संघले बाफिकोट गाउपालिका वडा नम्बर ६ मग्मा दलित समुदायमा बस्ने आर्थिक अबस्था अत्यन्तै नाजुक भएका मुटु रोग पीडित वादी कामिलाई अमेरीकामा बस्ने नेपालीले पठाएको तीन लाख अठहत्तर हजार तीन सय चौहत्तर रुपैया  हस्तान्तरण गरेको छ।

गंगालाल हस्पिटलमा भर्ना भएका बिरामी वादी कामिलाई भेट्न पुगेका नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाह, नेपाल विद्यार्थी संघका नेता हरिचन्द्र खनाल र नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचिव अनुराग शाहको टोलि रकम पीडितका आफन्तलाई बुझाएको हो।

अमेरीकामा बिरामी कामिका लागि रुकुम पश्चिमका युवाहरू बिर्ख बहादुर खत्री,हरि बहादुर खत्री,कमला खत्री,पारस खडका ,मन बहादुर कुसारी,गोबिन्द कुसारी,गोर्ख बहादुर कुसारी,बिजय दर्पन चन्द,मोहन कुसारि,हेमराज खनाल ,गणेश कुसारी,किशोर कुसारि लगायत २० जनाको समुहले रकम जम्मा गरेर नेपाल पठाएको हो।

अमेरिकामा रकम उठाउने समुहको नेतृत्व बिर्ख खत्रीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here