स्वर्गद्वारी आश्रमको ११ सय बिघा जग्गामा भूमाफियाको चलखेल

239

 काठमाडौं /  स्वर्गद्वारी आश्रमको जग्गा भूमाफियाको योजना अनुसार केही राजनीतिक दलका नेता, विचौलिया र टाठाबाठा मिलेर हडप्न खोजेको खुलासा भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी श्री स्वर्गद्वारी आश्रम प्युठानले जग्गा हडप्ने योजना अनुसार गुठी विधयेकमा गम्भीर विषयहरु समावेश गरिएको समेत जनाएको छ ।

श्री स्वर्गद्वारी आश्रमका सचिव ध्रुवश्रीले जग्गामा भूमाफियाको आँखा लागेर हडप्ने गतिविधि भइरहेको बताए । उनले भने,‘स्वर्गद्वारी आश्रम जस्तो पवित्र थलोलाई बदनाम गराउनेहरुको खतरनाक योजना छ ।’ २०५८ सालबाट नै राजगुठी बनाउने र जग्गा हडप्ने खेल शुरु भएको जानकारी दिइयो । स्वर्गद्वारी आश्रमले यसलाई रोकेपछि यसका विरुद्ध राजनीतिक दलका जिम्मेवार नेताहरु नै लागेको जनाए । स्वर्गद्वारी नेपालभित्र र बाहिरका हिन्दुहरुको पवित्र तीर्थस्थल भएकाले यसमाथि प्रहार गर्नेहरुबाट सरकार र आम नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा सरकारले आश्रमको जग्गा जोगाउन लाग्नुपर्नेमा उल्टै भूमाफियालाई सघाउ पुग्ने गतिविधि गरिरहेको आरोप लगाए । सरकारकै गतिविधि ठिक नभएको भन्दै यसप्रति दुःख लागेको बताए । बाहिरबाट देख्दा स्वर्गद्वारीको जग्गा धेरै भनिएपनि अधिकांशले आश्रमलाई तिर्नुपर्ने कुत नतिरिरहेको बताए । कुत नतिर्दा आश्रम संचालनमा कठिनाई भइरहेको जनाए ।

आश्रमको आफ्नै जग्गाजमिनको लालपूर्जाको प्रमाण रहेको जनाए । आश्रम स्थापना गर्ने श्रीमहाप्रभुले विभिन्न व्यक्तिहरुसँग जग्गा खरिद गरी स्वर्गद्वारी आश्रम बनाएको जनाए । उनले भने,‘कसैको जग्गा हडपेको होइन, खरिद गरिएको हो ।’ २०३० सालयता १२ सय बिघा जमिनको लालपूर्जा आफूहरुसँग रहेको जनाए ।

विं सं १९८३ सालदेखि १९८३ सालसम्म दाङको दउेखुरी स्वर्गद्धारीका नाममा जग्गा किन्न सुरु गरेको र जग्गाको लालपुर्जा सुरक्षित रहको कुरा कार्यक्रमका आयोजक धुव्र सिंहले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here