काठमाडौं । काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो लागेको छ । पारिलो घाम नलागेका कारण केही अँध्यारो देखिएको छ ।
“काठमाडौंमा बिहानैदेखि बादल र कुहिरो लागेको छ । जसका कारण घाम लागेको छैन,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “दिउँसो भने केही खुल्न सक्छ ।” कुहिरो र बादल लागे पनि वर्षाको सम्भावना भने छैन ।
काठमाडौंमा बिहान सोढे ८ बजेको तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।
भिजिविलिटी दुई किलोमिटर रहेको नगरकोटीले जानकारी दिइन् । यो भिजिविलिटीले केही एयरलाइन्सको उडान तथा अवतरणमा रोकिन सक्छ । एयरलाइन्स अनुसार न्यून भिजिविलिटीमा उडान तथा अवरण गर्नसक्ने क्षमता फरक–फरक हुन्छ ।

















