नवनिर्वाचित सांसदहरूको कार्यकाल आजबाट सुरु हुँदै

116

काठमाडौं। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्य सुरु भएको छ। संसद सचिवालयका अनुसार नवनिर्वाचित सांसदहरूको कार्यकाल आजबाट सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराएसँगै सङ्घीय संसद्को प्रतिनिधि सभामा तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि समाप्त भएको छ।

ज्येष्ठ सदस्य राणाले आज प्रतिनिधि सभाका अरू नवनिर्वाचित सदस्यलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ। आज दिउँसो १ बजे सदस्यहरूको पद तथा गोपनीयताको शपथ हुनेछ। ज्येष्ठ सदस्यबाट शपथ लिएसँगै सदस्यहरूको कार्यकाल प्रारम्भ हुनेछ। सदस्यका रूपमा पाउने सेवासुविधा पनि आजदैखि प्रारम्भ हुनेछ।

आज २६ सदस्यले मातृभाषामा शपथ लिदैछन् । १४ फरक–फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका हुन्। प्रधानमन्त्री चयनअघि नै सदस्यको शपथ गराउने सरकार र संसद् सचिवालयको परामर्शपछि यो पटक चाँडै शपथ हुन लागेको हो।

अघिल्लो पटक अधिवेशन प्रारम्भको एक दिनअघि शपथ गराइएको थियो। यस पटक सरकारले औपचारिक रूपमा अधिवेशन भने सिफारिस गरेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here