गल्ती गर्नेलाई सरकार आँखा चिम्लिएर नबस्ने

23

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई सरकार आँखा चिम्लिएर नबस्ने बताएका छन्।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीको प्रश्नमा उनले घुस प्रकरणमा राजीनामा दिएका एमाले सांसद राजकुमार गुप्ताका विषयमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

गुप्ताले राजीनामा दिएर पनि समान्य प्रशासन मन्त्रालयमा अर्काे मन्त्री नियुक्त भएको र सरकारले भ्रष्टाचार प्रकरणमा छानबिन गर्ने बताए।

‘यसमा (गुप्ताको भ्रष्टाचार प्रकण) छानविन होला की नहोला भन्ने प्रश्न छ। अघि बढ्दै जाला’, उनले भने ‘तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ। त्यस्तो छ भने सरकारले आँखा चिम्लिनुपर्छ भन्नेकुरा रहँदैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here