काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई ललितपुरस्थित होपफुल होराइजन नेपाल प्रालिमा मानसिक स्वास्थ सम्बन्धी सेवामा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।
एक समारोहबीच होपफुल होराइजनका तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरे । उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंकिङ प्रमुख अञ्जु बस्नेतको पनि उपस्थिति थियो ।


















