काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग साँठगाँठ देखिएका एक कर्मचारीलाई प्रहरी कार्यालय ल्याउँदाल्याउँदै बाटैबाट छाडिएको पाइएको छ । सुरुमा मंसिर २७ अघि नरवीर खड्कालाई पक्राउ गर्दा अध्यागमन कार्यालयमा कार्यरत उपसचिव राम थापालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
कि त हाम्रो प्रहरीले चिनेन कि त कसैको दबाब पयो, उनका बारेमा थप अनुसन्धान भइरहेको छ । ढिलोचाँडो सम्पर्कमा ल्याउनेछौं प्रहरीको उच्च स्रोतले भन्यो । यो विषयले प्रहरी संगठनभित्र पनि हलचल पैदा गरेको छ ।
भिजिट भिसा दुरुपयोगमा थापाको संलग्नता रहेन र रहेको भन्ने विषयमा त्रिभुवन विमानस्थल अध्यागमन अन्तर्राष्ट्रिय कार्यालयका प्रमुखसमेत रहेका सहसचिव गोगनबहादुर हमालले आफूलाई जानकारी नभएको बताए । यो समाचार नागरिक दैनिकमा छ ।