काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएको छ ।
विश्वकप सुरु हुनुअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले एक स्थान सुधार गरेको हो । क्वाटरफाइनलमा पराजित रहेको ब्राजिल वरीयताको शीर्ष स्थानमा यथावत छ ।
आश्चर्यजनक नतिजा निकाल्दै विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को वरीयताको ११औं स्थानमा पुगेको छ । विश्वकपमा बेल्जियम, स्पेन र पोर्चुगलजस्ता टिमलाई पराजित गरेको मोरक्कोले वरीयतामा ११ स्थान सुधार गरेको हो ।
यसैगरी नेपाल फिफा वरीयताको १७५औं स्थानमा यथावत छ । दक्षिण एसियाली टिममध्ये भारत सबैभन्दा माथि १०६ स्थानमा छ ।


















