काठमाडौंको तापक्रम निरन्तर घट्दाे क्रममा

105

काठमाडौं। काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घटिरहेको छ । बिहीबार ६.५ डिग्री सेल्सियसमा रहेको काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार ५.२ डिग्री रकर्ड भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँको तापक्रम घट्दो क्रममा रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले  बिहीबार ८ः४५ मा तापक्रम रेकर्ड गरेको भन्दै हिजोको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सीयस तापक्रम रेकर्ड भएको जानकारी दिएकाे छ ।

आजको तापक्रम पनि ८ः४५ मा रेकर्ड गरिने जानकारी पूर्वानुमान महाशाखाले जनाएकाे छ। तर, दैनिक रुपमा काठमाडौँको तापक्रम घट्दो क्रममा रहेको महाशाखाकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here