राप्रपा सरकारमा सहभागी नहुने

89

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने भएकाे छ।

सर्वदलीय बैठकका लागि नयाँ बानेश्वरस्थित संसद भवन पुगेका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सरकारमा सहभागी नहुने जानकारी दिए।

‘हामी अहिले सरकारमा जाँदैनाैँ। सरकारलाई समर्थनमात्र गर्छाैँ’, सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले भने।

नयाँ सरकार गठनका लागि बनेको गठबन्धनमा राप्रपा पनि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here