काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज २ गते शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ ।
उनले आज सूचना जारी गर्दै माघ २ गते सरकारले पोखरामा भएको हवाई दुर्घटनामा शोक बिदा दिए पनि मानविकि सङ्कायद्धारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुने जानकारी दिए ।


















