जहाज दुर्घटनामा गिटारिस्ट निशान्त आचार्यकाे निधन

60

काठमाडौं । जहाज दुर्घटनामा गिटारिस्ट निशान्त आचार्यले पनि ज्यान गुमाएका छन्। रक गायक तथा अभिनेता रोविन तामाङले मृत्यु पुष्टि गर्दै श्रद्धाञ्जली दिएका छन्।

पोखरा घर भएका तामाङको मृत्युबाट आफूले साह्रै पीडा महशुस गरिरहेको उल्लेख गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

उनले लेखेका छत्, ‘विमान दुर्घटनामा आफ्नो प्रियजन गुमाउनुपर्दा आज पीडा र सम्झनाको बाढी आएको छ। आफ्ना प्रियजन गुमाउनुहुने सम्पूर्ण परिवारमा समवेदना छ। निशान्त आचार्य भाइ तिम्रो आत्माले शान्ति पाओस्, परिवार र साथीभाइमा गहिरो समवेदना।’

यसैगरी रक ब्यान्ड मंकी टेम्पलले पनि उनीसँगको सहकार्य सम्झिँदै श्रद्धाञ्जली दिएको छ। विभिन्न गीत, लाइभ कार्यक्रमका साथै युट्युबमा निशान्तले गिटार बजाएर भिडियो अपलोड गर्ने गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here