नवनियुक्त अर्थमन्त्रीलाई अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ

59

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलसंग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज मध्यान्ह अर्थमन्त्रालयमा भेटवार्ता गरेको छ ।

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुुभकामना दिए । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ पनिगरेका छन् ।

अध्यक्ष गोल्छाले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघकोतर्फबाट सुुझाव समेत पेश गरेका थिए। अध्यक्ष गोल्छाले उद्योग व्यवसाय संचालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालू पूँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव सो अवसरमा राखे । मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाले जोड दिए ।

अर्थतन्त्रमा वहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र वैकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गरे ।

तरल महासंघका अध्यक्ष गोल्छाले अर्थ मन्त्रीज्यूबाट अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुदै गएको यथार्थता सो अवसरमा राखिएको थियो ।

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले आफ्नो कामको पहिलो शुरुवातनै महासंघको प्रतिनिधिमण्डलसंगको भेटबाट भएको बताए । निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता संगठनसंगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उनले भने ।

सरकार निजी क्षेत्र बीचको सम्बन्ध अन्योन्याश्रित रहेको उहांले स्पष्ट पारे । निजी क्षेत्रको मनोवल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईहरूको मनोवललाई उच्च बनाएर काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुने उनले स्पष्ट पारे । उनले भने –म तपाईहरूको प्रतिनिधि जस्तै भएर समस्या समाधानमा काम गर्ने छु ।

नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्रालयका सचिवद्वयको समेत उपस्थितिमा आयोजित भेटघाटमा अर्थमन्त्री पौडेलले महासंघले अगाडि बढाएको अर्थतन्त्र जोगाऔं अभियानलाई सरकारको पनि समर्थन रहेको बताए। तपाईहरू दह्रो मनोवलका साथ काम गर्नुहोस, समस्याको समाधान गर्न हामी प्रतिवद्ध छौं, अर्थमन्त्रीले भने –समस्या छ तर समाधान गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here