अपहरण गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

67

 

वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका–२५ र्सिसियाका १४ वर्षीय किशोर निरज कुमार पासवानको हत्या गरेको अभियोगमा दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पासवानको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१७ अलौ बस्ने २४ वर्षीय कृष्णा भन्ने श्याम प्रसाद यादव र पर्साको धोबिनी गाउँपालिका–१ घोडदौड पिप्रा टोल बस्ने ३० वर्षीय दिलिपकुमार पटेललाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार दुवै जनालाई सार्वजनिक गरेको छ। गत मंसिर ५ गतेदेखि र्सिसिया टोल बस्ने पासवान हराएका थिए। हराएको ३५ दिनपछि गएको आइतबार राति सिर्सिया खल्वाटोलस्थित गुरूकुल पन्ना मेमोरियल इंग्लिस बोर्डिङ स्कुलको पुरानो भवन अगाडि सेफ्टी ट्यांकीभित्रबाट भेटिएको थियो।

किशोर हराएको १२ दिनपछि उनका बुवा श्रीराम पासवानको मोबाइलमा अपहरणकारीबाट ५० लाख फिरौतीको फोन आए पनि प्रहरीलाई गएको पुस २५ गते नै फिरौतीको खबर प्रहरीलाई दिइएको थियो। ५० लाख फिरौती नदिएकै कारणले पक्राउ परेका यादव र पटेलले पासवानको हत्या गरेको भनि खुल्न आएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई अदालतबाट अपहरण र शरीर बन्धक मुद्दामा म्याद थप गराइ अनुसन्धान जारी रहेको गिरीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here