हिम आँधीका कारण अमेरिकामा ज्यान गुमाउने मानिसको सङ्ख्या २८ पुग्याे

108

एजेन्सी । न्यूयोर्कको बफेलो सहरमा घातक हिम आँधीका कारण ज्यान गुमाउने मानिसको सङ्ख्या २८ पुगेको छ।

मौसमसम्बन्धी घटनाहरूका कारण पूरै अमेरिकामा भने ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६२ पुगेको छ।उत्तर अमेरिकाभरि फैलिएको उक्त आँधीका कारण हजारौँ मानिसहरू बिजुली बिना नै बस्न बाध्य छन्।

बफेलो सहरमा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ र त्यहाँ ट्राफिक व्यवस्थापनमा मद्दत गर्न सैनिक प्रहरी ल्याइँदै गरेको सरकारी अधिकारीले जनाएका छन्।आपत्‌कालीन अवस्थामा सहरमा विभिन्न भागमा लुटपाट भएका विवरण आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here