काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समिति सदस्य संख्या ९ पुगेको छ । अध्यक्ष भुवन केसीले मंगलबार चलचित्र संघबाट थप दुई जना सल्लाहकार नियुक्त गरेका छन् ।
प्रदर्शक संस्थाको तर्फबाट गोपाल कायस्थ र गोविन्द शाही नियुक्त भएसँगै सल्लाहकार समितिको आकार बढेको हो । अध्यक्षमा नियुक्त भएसँगै केसीले नीर शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।
पूर्वअध्यक्ष दयाराम दाहालले आवश्यकताअनुसार अध्यक्षले सल्लाहकार नियुक्त गर्न पाउने जनाए । ‘सल्लाहकार भनेको कार्यकारी पद होइन, अध्यक्षलाई सुझाव दिने मात्र हो,’ उनले भने, ‘यति नै हुनुपर्छ भन्ने सीमा छैन । जरुरी भए राख्न सकिन्छ भन्ने हो ।’


















