रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा ४ जना घाइते

59

काठमाडौं ।  काठमाडौंको मुटुमा रहेकाे रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा ४ जना घाइते भएका छन् । बुधबार बिहान अनेरास्ववियुनिकट विद्यार्थीहरूबीच नै आपसी झगडा हुँदा झडप भएको क्याम्पस प्रशासनबाट जानकारी प्राप्त भएकाे छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार झडपमा घाइतेलाई उपचारका लागि काठमाडौं मोडेल अस्पताल लगिएको छ ।

झडपका क्रममा खुकुरीसमेत प्रहार भएको बताइएको छ । घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसपी मैनालेले जनाए ।

झडपमा अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष मदन भण्डारी, लोकेश खड्का, हर्क बोहरा सहित ४ जना घाइते भएका छन् । क्याम्पस कमिटीको सम्मेलनलाई लिएर विवाद हुँदा अनेरास्ववियुकै दुई गुटबीच झडप भएको हाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here