कीर्तिपुर सहकारी पसल कीर्तिपुर नगरपालिका १० वडा चिथु टोलमा पनि संचालन

65

कीर्तिपुर । कीर्तिपुर उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा संचालनमा ल्याएको कीर्तिपुर सहकारी पसल कीर्तिपुर नगरपालिका १० वडा चिथु टोलमा पनि संचालन भएको भएको छ । आज पुस १३ गते बुधबार उक्त सहकारी पसलको उद्घाटना भएको हो । कीर्तिपुर सहकारी पसलको कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिलबहादुर महर्जन, कीर्तिपुर उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र महर्जन तथा उक्त सहकारी संस्थाका ज्येष्ठ सदस्य दानबहादुर महर्जनबाट संयुक्त रुपमा उद्घाटन भएको हो । कीर्तिपुर उपभोक्ता सहकारी संस्था लिमिटेडको उक्त सहकारी पसल एक शाखा पसल हो भने केन्द्रीय पसलको रुपमा कीर्तिपुर नगरपालिका ९ वडास्थित कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा संचालित छन् । उक्त पसल उद्घाटन कार्यक्रममा कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन लगायत कीर्तिपुर क्षेत्रका विभिन्न व्यक्तित्व एवं सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । आज बुधबार उद्घाटन भएको शाखा पसलको रुपमा कीर्तिपुर सहकारी पसलको सन्दर्भमा आफ्नो कुरा राख्नुहुँदै कीर्तिपुर उपभोक्ता सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष लक्ष्मीकुमार महर्जन उदासले अब छिट्टै नै कीर्तिपुर नगरभित्र विभिन्न चार क्षेत्रमा शाखा पसलको रुपमा कीर्तिपुर सहकारी पसल विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा कीर्तिपुर उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र महर्जन, कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिलबहादुर महर्जन, कीर्तिपुरका बुद्धिजीवि प्रा.डा. शिवशरण महर्जन, कीर्तिपुरका पूर्व मेयर रमेश महर्जन, कीर्तिपुरका बरिष्ठ संगीतकर्मी वीरप्रसाद भन्सारी, ज्ञानबहादुर महर्जन नेवाः, जनक महर्जन साथसाथै विभिन्न व्यक्तित्वहरुले कीर्तिपुर सहकारी पसलबाट कीर्तिपुरका जनताको निम्ति सर्वसुलभ सेवा प्रदान हुने विषयमा जोड दिनुभयो । उद्घाटन कार्यक्रममा उक्त कीर्तिपुर सहकारी पसलबाट निर्धारित फिक्स प्राइस (मूल्य)मा स्वच्छ, सफा एवं गुणस्तरीय सामाग्री विक्री वितरण हुने र म्याद नाघेका सामाग्रीहरु विक्री वितरण नहुने जानकारी पसल संचालकले दिएको छ । यस्तै, उक्त क्षेत्रमा भएका स्थानीयहरुको पुराना पसललाई अब संचालनमा आएको कीर्तिपुर सहकारी पसलबाट कुनै नकारात्मक असर नपर्ने र उक्त पसलहरुले जथाभावी मूल्यमा सामाग्रीहरु विक्री वितरण गर्ने कार्य नगरी स्वच्छ, सफा एवं गुणस्तरीय सामाग्रीहरु विक्री वितरण गर्ने कार्य गरेको खण्डमा सम्पूर्ण जनतामाँझ सेवा सुविधामा सर्वसुलभ हुने कुराको जानकारी हुने कार्यक्रममा सहभागीहरुले दिएका थिए । यही क्रममा कीर्तिपुर सहकारी पसल उद्घाटन कार्यक्रममा सहभागीहरुले जति पसलहरुको बृद्धि हुँदै जान्छ, त्यति नै उक्त क्षेत्रमा आर्थिक क्षेत्रमा समृद्धि आउने र बजार फराकिसो हुने विचार पनि राखेका थिए । ललेन्द्र शाक्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here