काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोक सरेका छन् । बिहीवार सरकारी निवास प्रवेश गर्दा मन्त्री रविले सुुरक्षाकर्मीबाट सलामी लिएका छन् ।
रविले सलामी लिएको तस्वीरमा पिर्का देखिँदैन । यसअघि सलामी लिँदा मन्त्रीहरू पिर्कामाथि उभिएको देखिन्थ्यो । पिर्कामा सलामी लिँदा कतिपय मन्त्रीको आलोचना समेत भएको थियो । नेतामा सादगी जीवनशैली हुनुपर्ने वकालत गर्दै आएका पूर्व सञ्चारकर्मी रवि गृहमन्त्री भएपछि सादगी जीवनशैली देखाइरहेका छन् ।


















