राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका निर्देशक डा प्रकाशकुमार श्रेष्ठले व्यवसायीका मागका विषयमा अहिले अध्ययन भइरहेको जानकारी दिँदै तत्कालै सम्बोधन हुन्छ भन्न नसकिने बताए । मार्गदर्शबारे निजी क्षेत्रले विरोध सुरु गरेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग यसको कार्यान्वयन पक्षबारे सुझाव मागेको थियो ।
बैंक तथा वित्तीय संस्थाले व्यवसायीकै लाइनमा मार्गदर्शनलाई तत्काल कार्यान्वयन नगरेर केही समयपछि गर्नुपर्ने सुझाव राष्ट्र बैंकलाई दिएका छन् । केही बैंकरहरूले मार्गदर्शनलाई पहिलो, दोस्रो तथा तेस्रो चरण गरी कार्यान्वयनमा लैजानुपर्ने सुझाव पनि दिएका छन् । आजको कारोबार दैनिकबाट


















