राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान

58
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश  र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रहरुलाई  राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ।
बैंकले फेटा स्वास्थ्य चौकी(बारा, खैरहनी नगर अस्पताल–चितवन, बघौडा अस्पताल–चितवन, हर्नैया स्वास्थ्य चौकी–रुपन्देही, सिसहनिया स्वास्थ्य चौकी(दाङ र दोधारा प्राथमिक स्वास्थ्य केन्द्र(कञ्चनपुरलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो।

अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरु बाट उक्त अस्पतालहरुका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिकाबीच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो। साथै सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो।

बैंकले ूहाम्रो विकास प्रवर्द्धन कोषू मार्फत् “न्यानो नानी” परियोजना( ३ अन्तर्गत हालसालै प्रदेश नं। १ का ३ अस्पतालहरु बाक्सिला स्वास्थ्य चौकी ( खोटाङ, ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल ( इलामलाई एक(एक थान बेबी वार्मर प्रदान गरि ३ वटा बेबी वार्मर प्रदान गरिसकेको छ। बैंकले डा। महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा हालसम्म देशका ३२ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरिसकेको छ।

ज्योति विकास बैंकले हाल १२० वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here