संगीतकार रिता महर्जनद्वारा संगीतबद्ध पाँच म्यूजिक भिडियाे सार्वजनिक

94

राजधानीमा आयोजित एक समारोहबीच महिला संगीतकार रिता महर्जनद्वारा संगीतबद्ध पाँच गीत अयला अयला, जिन्दगी होशय् मदया, हुलय् न याकःचा, योम्ह छ येकुम्ह छ व वइबले छको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ती गीतहरुको रचना भाषासेवी, समाजसेवी सुनचाँदी व्यवसायी निरञ्जनरत्न शाक्यले गरेका हुन्।

सार्वजनिक सबै भिडियोको निर्देशन नेपालभाषाको म्युजिक भिडियोका निर्देशक रामकृष्ण खड्गीले गरका छन्। पाँचमध्ये चार गीत संगीतकार स्वयं रिता महर्जनले गाएकी छन् भने एक गीतमा गायक योगेश वैद्यले र अर्काे एक गीतमा भूपेन्द्र बज्राचार्यले गायिका महर्जनलाई साथ दिएका छन्। एक गीत भने लोकप्रिय गायिका संगीता शाक्य थापाले गाएकी छन्। तीन भिडियोको छायांकन रकी महर्जन र दुई भिडियोको लुजः सिंहले गरेका छन् भने सबै भिडियोको सम्पादन बालकृष्ण वंशीले गरेका छन्।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि मल्ल के सुन्दरले गीत संगीतबारे चर्चा गरेका थिए। विशेष अतिथि नेपाल भाषाको म्युजिक भिडियोका अग्रज विजय रत्न अशंबरेले नेवाः म्युजिक भिडियो क्षेत्रको विकास क्रमबारे प्रकाश पारेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here