काठमाडौं । वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ को आधुनिक गीत ’सपना गीति एल्बम’’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार डा. कृष्णहरी बरालले एक समारोहबीच वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ को रचनामा रहेको उक्त ३१ औं कृति ’’सपना गीति एल्बम’’ सार्वजनिक भएको हो ।
एल्बम सार्वजनिक गर्नुहुँदै साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ ले विगत लामो समयदेखि साहित्य सृजनाले समग्र साहित्य र गीत, संगीत क्षेत्र अझ बलियो हुने बताउनुभयो । गीत लेखन क्षेत्रमा उहाँको योगदान एकदम राम्रो रहेकोे र अरु एल्बमहरूले जस्तै यस एल्बमले पनि स्रोताहरूको माया पाउने आशा व्यक्त गर्नुभयो । सार्वजनिक सपना एल्बममा ’’आकाश छुने सपना’’ बोलको गीतमा चर्चित गायिका मेलिना राई र मणि सुन्दर लिम्बुको युगल स्वर रहेकोमा संगीत÷एरेन्जर पावल चाम्लिङ्ग राईको रहेको छ ।
दोस्रोमा ’’मायाले हँसाउँछ’’ बोलको गीतमा पनि गायिका मेलिना राई र विक्रम चाम्लिङ्गको युगल स्वर रहेको छ । संगीत÷एजेन्जर राम कार्कीको रहेको छ । तेस्रोमा ’’गल्ती के भयो म बाट’’ बोलको गीतमा स्वर÷संगीत चिरञ्जीवी भण्डारीको रहेको छ भने एरेन्जर आशिष लामाको रहेको छ । एल्बमको चौथो गीत ’’सोचें बाँच्ने आधार’’ मा सरिता प्रजापतिको स्वरमा संगीत÷एरेन्जर पुष्कर सुनुवारको रहेको छ ।
सपना गीति एल्बमको पाँचौ एवं अन्तिम गीत ’’तिम्रै साथ हिँडेको देख्छु’’ बोलको गीतमा प्रताप दास र बुनु उप्रेतीको स्वर रहेको छ भने उक्त गीतको संगीत सुर्य कमल राईको र एरेन्जर संजय हमालको रहेको छ ।

















